समाचार

ग्रामथान गाउँपालिका अध्यक्षको निधन

By खबरहब

June 17, 2024

विराटनगर– मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार थारूको निधन भएको छ । ५६ वर्षीय थारूको सोमबार दिउँसो १ बजे निधन भएको हो ।

राष्ट्रियसभा निर्वाचनका लागि छलफल गर्न विराटनगरस्थित होटल स्टर्न स्टारमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा सहभागी भएका उनी २०८० माघ १० गते साँझ बेहोस भएर ढलेका थारु उपचारपछि जेठ १ गते घर लगिएको र उनको निधन घरमै भएको हो ।  

उपचारमा संलग्न चिकित्सकले थारूलाई ‘ब्रेन ह्याम्रेज’ भएको बताएका छन् ।

२०७९ सालको स्थानीय तह निर्वाचनमा उनी कांग्रेसबाट उम्मेदवार बनेर गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । अध्यक्ष बिरामी परेपछि गाउँपालिकाकी उपाध्यक्ष गुणवतीदेवी थारूले कार्यवाहक अध्यक्षको रूपमा काम गरिरहेकी छन् ।