देश/प्रदेश

पाँचथर बहुमुखी क्याम्पसको अध्यक्षमा शुभराज थापा निर्वाचित

By खबरहब

June 17, 2024

काठमाडौं । पाँचथर बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा नेपाली कांग्रेसका शुभराज थापा निर्वाचित भएका छन् ।

सोमबार भएको निर्वाचनमा नेकपा एमालेका नवराज घिमिरेलाई एक सय ५७ मतले पराजित गर्दै थापा अध्यक्षमा निर्वाचित भएका हुन् । थापाले तीन सय ६८ मत प्राप्त गर्दा घिमिरेले दुई सय ११ मत मात्र प्राप्त गरे । उपाध्यक्षमा यसअघि नै नवीन बुढाथोकी निर्विरोध निर्वाचित भएका थिए ।

त्यस्तै सदस्यहरुमा एमालेका चन्द्रप्रसाद भट्टराई, कांग्रेसकाे तर्फबाट भिमबहादुर कार्की, उमेश अधिकारी, होमकुमार लावती, लक्ष्मी गौतम, तुलसा तामाङ र सावित्रीदेवी गुरुङ निर्वाचित भएका छन् । एमालेका भट्टराई सदस्यमा निर्वाचित हुँदा कांग्रेसका राजकुमार जोशी पराजित भएका छन् ।

योसँगै पाँचथर बहुमुखी क्याम्पसले ३३ वर्षपछि नयाँ नेतृत्व पाएको छ ।