अन्तर्राष्ट्रिय

अमेरिकाका लागि भारतका नयाँ राजदूत विनयमोहन क्‍वात्रा

By खबरहब

July 17, 2024

काठमाडौं – भारतको विदेश सचिवबाट अवकाश पाएका विनयमोहन क्वात्रा अमेरिकाको राजदूत बन्ने भएका छन् ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार उनलाई राजदूतमा मनोनयन गरिएको छ। तर यसबारे विदेश मन्त्रालयले केही भनेको छैन। क्वात्राले विदेश सचिवबाट यही महिना मात्रै अवकाश पाएका थिए ।

पछिल्लो समय भारत र अमेरिकाको सम्बन्ध निकट बन्दै गइरहेका बेला क्वात्राको जिम्मेवारी महत्त्वपूर्ण हुने विश्लेषण गरिएको छ । अमेरिकी राष्ट्रपतीय चुनावमा पनि उनको भूमिका महत्वपूर्ण हुने सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

यसअघि उनले नेपाल, अमेरिका, चीन, र फ्रान्सका लागि राजदूतको रुपमा उनले काम गरि सेका छन् ।