खेलकुद

फ्रेन्च लिग वान : पीएसजीको विजयी सुरुवात

By खबरहब

August 17, 2024

काठमाडौं– फ्रेन्च लिग वान फुटबलमा पीएसजीले विजयी सुरुवात गरेको छ । गएराति भएको यस सिजनको पहिलो खेलमा हार्भेलाई ४–१ गोल अन्तरले हराउँदै पीएसजीले विजयी सुरुवात गरेको हो ।

पीएसजीका लागि ली कांग इन, ओसुमान डेम्बेले, ब्राडली बार्कोला र रांडल कोलो मुआनीले एक–एक गोल गरेका थिए । यस्तै, ले हार्भेका लागि गाउटियर लिओरिसले एक गोल फर्काएका थिए ।

यो जितसँगै पीएसजीले तालिकामा महत्वपूर्ण ३ अंक जोडेको छ भने हार्भेले हारबाट लिगको सुरुवात गरेको छ ।