अन्तर्राष्ट्रिय

चीनको युवा बेरोजगारी दर बढ्यो

By खबरहब

August 17, 2024

बेइजिङ– चीनको युवा बेरोजगारी दर जुलाई महिनामा बढेर १७.१ प्रतिशत पुगेको आधिकारिक तथ्यांकले देखाएको छ जुन यस वर्षकै सबैभन्दा उच्च हो ।   

राष्ट्रिय तथ्याङ् विभागको तथ्यांक अनुसार १६–२४ वर्ष उमेर समूहका मानिसहरूको बेरोजगारी दर जुन महिनामा १३.२ प्रतिशत रहेको थियो ।

युवाहरूमा बढ्दो बेरोजगारी विश्वको अर्थतन्त्रले सामना गरिरहेको अवरोधहरू मध्ये एउटा हो । 

एनबीएसले सार्वजनिक गरेको तथ्यांक अनुसार  देशमा २५-२९ वर्ष उमेरका  युवामा बेरोजगारी दर अघिल्लो महिना ६.४ प्रतिशतबाट बढेर जुलाईमा  ६.५ प्रतिशत पुगेको छ । 

यसै सन्दर्भमा राष्ट्रपति सी जिनपिङले मे महिनामा बढ्दो युवा बेरोजगारीको अवस्थालाई ‘शीर्ष प्राथमिकता’ राखेर अगाडि बढ्नु पर्ने बताएका छन्  ।  

जुन महिनामा ११.८ मिलियन विद्यार्थीहरूले चीनको विश्वविद्यालयबाट स्नातक गरेसँगै रोजगार बजारमा अझै प्रतिस्पर्धा बढेको छ ।