देश/प्रदेश

हेटौँडामा मोटरसाइकलले ठक्कर दिँदा बालकको मृत्यु

By खबरहब

August 17, 2024

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहनगरपालिका–९ धापमा आज मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

मयुरधापबाट हेटौँडा बजारतर्फ आउँदै गरेको बागमती प्रदेश०३–००५प २४३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय रामचन्द्र अर्यालका पाँच वर्षीय छोरा सिभांस अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका ती बालकको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

ठक्कर दिने मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई घटनाका बारेमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।