समाचार

आठ वटा सहकारीमा आबद्ध ‘सिते बा’सँग संसदीय समितिले लियो बयान

By खबरहब

August 17, 2024

काठमाडौं – सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिले विभिन्न ८ वटा सहकारी संस्थाहरूसँग आबद्ध मधुसुदन पाठक ‘सिते बा’सँग बयान लिएको छ ।

संसदीय समितिले सहकारी संस्था वचत रकम दुरुपयोग घटनामा मुछिएका सिते बालाई सिंहदरबारस्थित समितिको कार्यालयमा बोलाएर बयान लिएको हो ।

उनी ज्येष्ट वचत तगा ऋण सहकारी संस्थाका सचिवलगायत ८ वटा सहकारी संस्थाहरूसँगआबद्ध छन् ।

समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले समितिको कार्यविधिअनुसार विभिन्न सहकारीको बचत दुरुपयोगमा संलग्नका रूपमा आरोपित व्यक्तिहरूमध्ये पाठकसँग शनिबार बयान लिएको जानकारी दिए ।