फाइल फोटो

आर्थिक

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?  

By खबरहब

September 17, 2024

काठमाडौं– नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । मंगलबार सुन तोलामा ६ सयले घटेपछि तोलाको १ लाख ५६ हजार ७ सय रुपैयाँ कायम भएको हो ।

यसअघि सोमबार सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार ३ सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढ्दै प्रतितोला १९०५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानाएको छ ।