समाचार

सहकारी प्रकरणमा रविको संलग्नता भेटिएकै छैन् : शिशिर खनाल

By खबरहब

September 17, 2024

काठमाडौं– रास्वपा सांसद शिशिर खनालले सहकारी प्रकरणमा रवि लामिछानेको संलग्नता नभेटिएको बताएका छन् ।

मंगलबार रास्वपाको राष्ट्रिय भेलामा बोल्दै सहकारी छानबिन समितिका सदस्य समेत रहेका खनालले समितिमार्फत राज्यको सबै संयन्त्र प्रयोग गरेर खोजी गर्दा पनि रविको संलग्नता नभेटिएको बताएका हुन् ।

कागज र प्रमाण नपुगेको निष्कर्ष समितिले निकाल्दा समेत अहिले यसको अपव्याख्या गर्न थालिएको उनले बताए ।

खनालले सहकारी प्रकरणमा सरोकारवाला सबै संस्थामा सबै संयन्त्र परिचालन गर्दा पनि लामिछानेबाट एक रुपैयाँ पनि अपचलन भएको नदेखिएको धारणा राखे ।

उनले गोर्खा मिडियामा पैसा ल्याउन समेत रवि लामिछानेको संलग्नता नरहेको समितिको निष्कर्ष रहेको र गोरखा मिडियाले खर्च गर्दा लामिछानेसहितबाट केही कैफियत गरेका भए अब सरकारले सहकारी कानून नभइ कम्पनी कानूनअनुसार गोर्खा मिडियाले गरेको खर्चबारे अनुसन्धान गर्न सक्ने तर्क गरे ।

समितिले कार्यादेश पाएका सहकारीबाट मात्रै ८७ अर्ब रुपैयाँ अपचलन भएको देखिएको र रास्वपाको काम अपचलन गर्नेको खोजी र उनीहरूलाई कारबाहीको दबाब दिनु रहेको उनको भनाइ छ ।