मनोरञ्जन

सर्‍यो एक्टरको प्रदर्शन मिति

By खबरहब

October 17, 2024

काठमाडौं– अभिनेता राजबल्लभ कोइरालाको ‘कम ब्याक’ फिल्मका रुपमा चर्चा कमाएको ‘एक्टर : टेक वान’को प्रदर्शन मिति पछि सरेको छ । निर्माण पक्षले बिहीबार विज्ञप्ति जारी गरी माघ १६ गते नयाँ प्रदर्शन मिति तय गरेको जानकारी दिएको थियो ।

विज्ञप्तिमा निर्माण टोलीका प्राविधिकमा स्वास्थ्य समास्या र प्राविधिक जटिलताका कारण पूर्वानिर्धारित मिति कात्तिक १५ गते फिल्म प्रदर्शनमा ल्याउन नसकेको उल्लेख गरिएको छ ।

निर्माण पक्षले यो निर्णयले वितरक, दर्शकहरू, र अन्य सरोकारवालाहरूमाझ असुविधा पुगेकोमा क्षमासमेत मागेको छ ।

अदृत फिल्मस् र मोती फिल्मस्ले संयुक्त रूपमा निर्माण गरेको यस फिल्ममा राजबल्लभसहित प्रदीप खड्का, आना, दिव्यासहित दिव्यदेव र उषा रजक लगायतको अभिनय रहेको बताइएको छ ।

यस फिल्मको निर्देशक राजन भुसाल हुन् । स्क्रिप्ट भने आकाश बराल र निर्देशक भुसालले संयुक्त रूपमा लेखेका हुन् ।

हेर्नुहोस् विज्ञप्ति :