सांकेतिक तस्बिर

अपराध

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

By खबरहब

January 18, 2024

मोरङ– जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुन्दरहरैचा नगरपालिका-६ बस्ने २४ वर्षीय काले भन्ने संयोग चौधरीलाई बुधबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ ।

चौधरीले ती बालिकालाई गत पुस १३ गतेदेखि आफ्नै घरमा ल्याई जबरजस्ती करणी गर्दै आएको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।