फाइल तस्वीर

समाचार

बाग्लुङमा दुर्गा प्रसाईँमाथि हातपात

By खबरहब

January 18, 2024

बागलुङ– मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथि बाग्लुङमा हातपात भएको छ । 

बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका मेडिकल व्यवसायी प्रसाईँ कार्यक्रमस्थलमा हातपात भएको हो । 

प्रसाईँमाथि हातपात गर्ने ३७ वर्षका रामकान्त गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको  प्रहरी निरीक्षक वसन्तबहादुर भुजेलले जानकारी दिए । 

उनीमाथि किन हातपात गरिएको हो, त्यसबारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ।