अपराध

रसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

By खबरहब

January 18, 2024

काठमाडौं–  रसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ  परेका छन् । पक्राउ पर्नेमा कैलालीको लम्कीचुहा नगरपालिका घर भई कीर्तिपुर बस्ने २८ वर्षीय सरोज थापा रहेका प्रहरीले जनाएको छ ।

थापाले मोहन साउँदलाई वैदेशिक रोजगारीको लागि रसिया पठाइदिन्छु त्यसको लागि ७ लाख ३० हजार रुपैयाँ लाग्छ र रसिया पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु जहाँ मासिक १ लाखरुपैयाँ तलब हुन्छ भन्दै प्रलोभनमा पारी ७ लाख ३० हजार रुपैयाँ ठगी गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले थापालाई खोजतलास गर्ने क्रममा बुधबार कीर्तिपुरको पाँगा दोबाटोबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।