समाचार

राप्रपाको सदस्य सचिवको जिम्मेवारी ज्ञानेन्द्र शाहीलाई

By खबरहब

January 18, 2024

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको सदस्य सचिवको कार्य जिम्मेवारी ज्ञानेन्द्र शाहीलाई दिएको छ ।  

बिहीबार राप्रपाका अध्यक्ष तथा संसदीय दलका नेता राजेन्द्र लिङ्देनले जुम्लाबाट निर्वाचित शाहीलाई सदस्य सचिवको कार्य जिम्मेवारी सुम्पिएका हुन् ।