समाचार

भीड नियन्त्रणमा घातक हतियार प्रयोगबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

By खबरहब

January 18, 2024

काठमाडौं– सर्वोच्च अदालतले भीड तथा दंगा नियन्त्रणमा घातक हतियारको प्रयोग गर्नुको कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।

 बिहीबार न्यायाधीश डा. कुमार चुडालको इजलासले दंगा र भीड नियन्त्रणमा घातक हतियार प्रयोग भएको रिट निवेदनमाथि लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।

प्रदर्शन तथा भीड नियन्त्रणका लागि घातक हतियारको प्रयोगमा प्रतिबन्ध लगाउन माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बुधबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।