फोटो फिचर

सेतो मच्छेन्द्रनाथको महास्नान (तस्बिरहरू)

By खबरहब

January 18, 2024

काठमाडौं – सेतो मच्छिन्द्रनाथ आर्यावतिलोकेश्वरको महास्नान गरिएको छ । बिहीबार काठमाडौंको केलटोलस्थित जनबहाः भनिने कनकचैत्य महाविहारमा विधिवत् रूपमा पूजा अर्चना गरी महास्नान गरिएको हो।

पोंहेलाथ्व अष्टमी अर्थात् पुस शुक्ल अष्टमी तिथिको दिन सेतो मछिन्द्रनाथको महास्नान गर्ने गरिन्छ । त्यसभन्दा अघिल्लो दिन सप्तमीका दिन सम्बन्धित गुथियार तथा गुर्जुहरू बाजागाजाका साथ कलशमा जल लिन जाने परम्परा रहेको छ । स्नान पछि कुमारीलाई सेतो मच्छिन्द्रनाथको दर्शन गराइएको थियो।

सेतो मच्छेन्द्रनाथलाई महास्नान गरिएको भोलिपल्ट घाम ताप्ने व्यवस्था गरिने विधि पनि रहेको छ । आज महास्नान गरेपछि पौष शुक्ल पूर्णिमासम्म दश कर्म गर्ने विधि छ । पौष शुक्ल पूर्णिमाका दिन सेतो मच्छेन्द्रनाथलाई नयाँ पहिरन लगाइदिने गरिन्छ ।

सेतो मछिन्द्रनाथलाई वर्षा र सहकालका देवता मानिन्छ। हरेक वर्ष चैत शुक्ल अष्टमीदेखि सेतो मछिन्द्रनाथको रथलाई नगर परिक्रमा गराउने चलन छ।