फाइल तस्वीर

राजनीति

समाजवादी मोर्चाको बैठक बस्दै

By खबरहब

February 18, 2024

काठमाडौँ– नेकपा माओवादी केन्द्रसहित चार दल सम्मिलित समाजवादी मोर्चाको बैठक आज बस्दैछ ।

बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा आगामी कार्यक्रम र समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ ।

माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलकदमीमा गठन भएको मोर्चाको बैठक लामो समय पछि आज बस्न लागेको हो ।

समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्रसहित जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पाटी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी आवद्ध छन् ।