खेलकुद

स्पेनिस ला लिगा : बार्सिलोनाद्वारा सेल्टा भिगो पराजित

By खबरहब

February 18, 2024

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सेल्टा भिगोलाई हराएको छ । गएराती भएको खेलमा  सेल्टा भिगोलाई २–१ गोलले हराउँदै बार्सिलोना विजयी भएको हो ।

बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्कीले दुई गोल गरेका थिए । उनले खेलको ४५औँ मिनेटमा पहिलो गोल गरेका थिए भने दोस्रो हाफको इन्जुरी समयको ७औँ मिनेटमा पेनाल्टीमार्फत दोस्रो गोल गर्दै टोलीलाई जित दिलाएका थिए ।

सेल्टा भिगोका लागो आसपासले खेलको ४७औँ मिनेटमा एक गोल फर्काए पनि बार्सिलोनालाई रोक्न नसक्दा पराजित हुन पुग्यो ।

यो जितपछि बार्सिलोना २५ खेलबाट ५४ अंक जोडेर तालिकाको तेस्रो स्थानमा रहेको छ । पराजित भएको सेल्टा भिगो २० अंकसहित १७औँ स्थानमा छ ।