क्रिकेट

क्यानडाविरुद्ध नेपालले दियो २ सय १७ रनको लक्ष्य

By खबरहब

February 18, 2024

काठमाडौँ– क्यानडा-११ विरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपाल ‘ए’ले २ सय १७ रनको लक्ष्य दिएको छ ।

काठमाडौँको मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय १६ रन बनायो ।

नेपालका लागि बसिर अहमदले सर्वाधिक ५० रनको अर्धशतक पूरा गरे । यस्तै, राशिद खानले ४०, मायन यादवले ३६, किरण ठगुन्नाले २५, विवेक यादवले २३ र सन्दीप जोराले १४ रन बनाए ।

क्यानडका कप्तान साद बिन जाफले सर्वाधिक ३ विकेट लिए । यस्तै, इश्वरजीत सोहीले दुई तथा डिलोन हेलिगर, हर्ष ठेकर र शाहिद अहमदजाइले एक–एक विकेट लिए ।