समाचार

धरानमा प्रहरी र स्थानीयबासीबीच झडप

By खबरहब

February 18, 2024

धरान- इलाका प्रहरी कार्यलय धरानको गेटमा धरान उपमहानगरपालिका-१९ का स्थानीयबासी र प्रहरीबीच झडप भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको दक्षिणी जङ्गलतर्फको गेटमा डोजर लगाएर भत्काउने दुई जना पक्राउ परेपछि झडप भएको हो

नेकपा माओवादी केन्द्रले जनतासँग माओवादी विशेष रूपान्तरण अभियानअन्तर्गत उक्त दक्षिणी गेट आवागमन खुला गर्नुपर्ने माग राख्दै आएको थियो । साेही क्रममा डोजर लगाएर भत्काउने २ जनालाई पक्राउ गरेपछि स्थानीयबासी र प्रहरीबीच झडप भएको छ ।

माओवादी केन्द्र १९ नम्बर कमिटीको अगुवाइमा शनिबार दिउँसो गेट भत्काइएको थियो । नेकपा माओवादी केन्द्रले जनतासँग माओवादी विशेष रूपान्तरण अभियानअन्तर्गत गत भदौदेखि उक्त दक्षिणी गेट आवागमन खुल्ला गर्नुपर्ने माग राख्दै आएपनि पूरा भएको थिएन ।