समाचार

अध्यागमन विभागका महानिर्देशक तामाङविरुद्ध भ्रष्टाचार मुद्दा दायर

By खबरहब

February 18, 2024

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मेलम्ची खानेपानी आयोजनामा अनियमितता गरेको आरोपमा आयोगले तामाङसहित १८ जनाविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

मेलम्ची खानेपानी विकास समितिको बोर्ड सदस्य रहेका बेला उनले अनियमितता गरेको भन्दै अख्तियारले तामाङविरुद्ध मुद्दा दायर गरेको हो ।

आरोपपत्रमा अख्तियारले उनीविरुद्ध ११ करोड ९ लाख १७ हजार ४ सय ५८ रुपैयाँ बिगो तथा सो बमोजिम जरिवाना र कैद सजाय माग दाबी गरेको छ ।

यो पनि…