प्रतिकात्मक तस्वीर

अन्तर्राष्ट्रिय

पाकिस्तानमा शान्तिपूर्ण शक्ति हस्तान्तरण हुनुपर्छ : ह्युमन राइट्स वाच

By खबरहब

February 18, 2024

इस्लामावाद- निर्वाचन सकिएर नयाँ सरकार बन्न लागेको अवस्थामा अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचले पाकिस्तानमा शान्तिपूर्ण शक्ति हस्तान्तरण हुनुपर्नेमा जोड दिएको छ ।

पाकिस्तानमा गत फेब्रुअरी ८ मा निर्वाचन भएर परिणाम आइसक्दा पनि नयाँ सरकार गठन भइसकेको छैन । त्यसबाहेक विभिन्न पक्षहरुले उक्त निर्वाचनमा अनियमिमता भएको आरोप पनि लगाउँदै आएका छन् ।

ह्युमन राइट्स वाचले विज्ञप्ति जारी गर्दै निर्वाचनमा सहभागी सबै पक्षलाई लोकतान्त्रिक प्रक्रियाको सम्मान गर्दै निर्वाचनमा भएको भनिएका धाँधलीबारे स्वतन्त्र छानबिन हुनुपर्ने पनि जनाएको छ । ह्युमन राइट्स वाचकी एसिया क्षेत्रकी सहनिर्देशक पट्रिसिया ग्रोसमानले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पाकिस्तान सरकारले निर्वाचन परिणामको सम्मान गर्दै शान्तिपूर्ण शक्ति हस्तान्तरणको प्रत्याभूति गर्नुपर्छ ।’

पाकिस्तानमा जारी आर्थिक एवम् मानव अधिकार संकटले त्यहाँ चाँडोभन्दा चाँडो प्रतिनिधिमूलक सरकारको आवश्यकता रहेको देखाएको उनको भनाइ छ ।