समाचार

समाजवादी मोर्चाको संयोजकमा विप्लव चयन

By खबरहब

February 18, 2024

काठमाडौं । समाजवादी मोर्चाको संयोजकमा नेपाल कम्युनिष्ट पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ चयन भएका छन् ।

मोर्चाका संयोजक माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको बैठकले चन्दलाई संयोजक तोकेको मोर्चाका सदस्यसचिव एवं नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष प्रमेश हमालले जानकारी दिए ।

मोर्चाले देशभर गरेका सङ्गठन विस्तार तथा राजनीतिक गतिविधिको समीक्षाका साथै भावी कार्ययोजनाबारे समेत बैठकमा छलफल गरेको थियो ।समाजवादी मोर्चामा नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र नेपाल कम्युनिष्ट पार्टी रहेका छन् ।

प्रत्येक चार–चार महिनामा आलोपालो नेतृत्व गर्ने समझदारीका साथ मोर्चा गठन गरिएको थियो ।