खेलकुद

बराबरीमा रोकियो रियल म्याड्रिड

By खबरहब

February 18, 2024

काठमाडौं – स्पेनिस लालिगामा रियल म्याड्रिड बराबरीमा रोकिएको छ । आइतबार भएको खेलमा शीर्ष स्थानको म्याड्रिड रियल रियल रायो भालेकानोसँग १–१ को बराबरीमा रोकिएको हो ।

खेलको तेस्रो मिनेटमा नै रियले अग्रता बनाएको थियो । त्यसलाई उसले जोगाउन सकेन । उसका लागि फेडेरीको भालभर्डेको पासमा जोसेलुले गोल गरेका थिए ।

त्यस्तै २७औं मिनेटमा रायोका लागि पेनाल्टीमार्फत राउल डे टोमासले गोल गरे । रियलका एडुवार्डो कामाभिंगाले बक्स भित्र ह्यान्डबल गरेपछि रायोले पेनाल्टी पाएको थियो ।

त्यसपछि दुवै टोलीले राम्रो अवसर सिर्जना गरेपनि गोल गर्न सकेनन् । आजको नतिजासँगै रियल २५ खेलमा ६२ अंक सहित तालिकाको शीर्ष स्थानमा यथावत छ । एक खेल कम खेलेको जिरोना ५६ अंक सहित दोस्रो स्थानमा छ । जिरोनाले भोलि राती हुने खेलमा एथ्लेटिक क्लब विरुद्ध प्रतिस्पर्धा गर्दै छ ।

रियल रायो भालेकानो भने २५ खेलमा २५ अंक सहित १४औं स्थानमा छ ।