समाचार

सुन प्रकरणमा पक्राउ परेका महरालाई काठमाडौँ ल्याइयो

By खबरहब

March 18, 2024

काठमाडौँ– सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई काठमाडौँ ल्याइएको छ ।

कपिलवस्तुबाट आज बिहान पक्राउ परेका महरालाई यति एअरलाइन्सको विमानबाट काठमाडौँ ल्याइएको प्रहरीले जनाएको छ ।

काठमाडौँ ल्याइएसँगै उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा लगिँदै छ ।

विद्युतीय चुरोटमा सुन लुकाएर ल्याएको प्रकरणमा थप अनुसन्धानका लागी महरालाई म्याद थप गर्न अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ ।

यो पनि… माओवादी उपाध्यक्ष महरा पक्राउ