स्वास्थ्य

बीमामा आबद्ध अस्पतालले हप्तामा तीन दिन अनिवार्य ओपिडी सेवा दिनुपर्ने

By खबरहब

March 18, 2024

काठमाडौं– स्वास्थ्य बीमामा आबद्ध भएका अस्पतालहरुले हप्ताको एकदेखि तीन दिनसम्म अनिवार्य विशेषज्ञ ओपिडी सेवा दिनुपर्ने भएको छ ।

स्वास्थ्य बीमा बोर्डले यस्तो निर्णय गर्दै कार्यान्वयनका लागि पत्र लेखेको हो । बोर्डका अनुसार १०० शैयासम्मको अस्पतालले हप्तामा १ दिन,  २०० शैया सम्मको अस्पतालले हप्तामा २ दिन र ३०० शैया वा सो भन्दा माथिका अस्पतालले हप्तामा ३ दिन  नजिकको आधारभूत वा प्रादेशिक अस्पतालहरूमा नियमित विशेषज्ञ ओपिडी  सेवा दिनुपर्नेछ ।

यसै गरी सरकारी स्वास्थ्य संस्था (आधारभूत अस्पताल, प्रादेशिक अस्पताल)हरुले आफूलाई अत्यावश्यक परेको वा देखिएको विशेषज्ञको सहयोग लिनको लागि नजिकको त्यस्ता विशिष्टिकृत स्वास्थ्य संस्थासंग समन्वय गर्नुपर्ने बताइएको छ ।