समाचार

सुन प्रकरणमा पक्राउ परेका महरालाई सीआईबीमा पुर्‍याइयो

By खबरहब

March 18, 2024

काठमाडौं– नेकपा माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरालाई सीआईबीको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी पुर्‍याइएको छ । 

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै सीआईबी पुर्‍याइएको बताइएको छ । 

उनी ६० किलो सुन तस्करी प्रकरणमा रूपन्देहीबाट पक्राउ परेका थिए । उनी माओवादी निकट वकिलको घरमा बसेको बेला पक्राउ परेको बताइएको छ । 

महरालाई यति एयरलाइन्सको विमानबाट काठमाडौं ल्याइएको थियो । 

उनी कपिलवस्तुको अमरगढवा नाका  हुँदै भारत भाग्ने  योजनामा रहेको र त्यहिँबेला पक्राउ परेको प्रहरी स्रोतको भनाइ छ ।

उनी पूर्व सभामुख हुन् ।