समाचार

परराष्ट्र सम्बन्ध र कूटनीतिका सम्बन्धमा राष्ट्रिय सहमति आवश्यक : परराष्ट्रमन्त्री श्रेष्ठ

By खबरहब

March 18, 2024

काठमाडौं- उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले परराष्ट्र सम्बन्ध र कूटनीतिका सम्बन्धमा राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् । 

उनले सोमबार प्रतिनिधि सभामा बेल्दै पक्ष र विपक्षमा भएपनि परराष्ट्र सम्बन्ध र कूटनीतिका सम्बन्धमा राष्ट्रिय सहमति आवश्यक भएको बताए । 

उनले भने, ‘परराष्ट्र सम्बन्ध र कूटनीतिका सम्बन्धमा राष्ट्रिय सहमति आवश्यक छ। हामीले देशको हितलाई केन्द्रमा राखेर सबैले सहमतिको साथ अगाडि बढ्नुपर्छ। हामीले देशको हितलाई केन्द्रमा राख्न सक्दा अन्य कुरा हाबी हुन सक्छन्।  स्वतन्त्र परराष्ट्र नीति। दक्ष र कुशल कूटनीतिको पक्षमा उभिन सक्छौं।’