काठमाडौं– गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) फेरि मन्त्री बनेका छन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार मनाङेलाई मन्त्री बनाएका हुन् ।
एकीकृत समाजवादी पार्टी त्यागेर स्वतन्त्र हैसियतमा रहेको दाबी गरेका मनाङेलाई समेत समेटेर मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । मनाङेले मन्त्री पाउने आशाले नै नेकपा एस परित्याग गरेको बुझिएको छ
मनाङेलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ । मनाङले आजै साढे ३ बजे प्रदेश प्रमुख कार्यालयमा शपथ लिने तयारी रहेको छ ।
पुनःगठित मन्त्रिपरिषद्मा कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको थप जिम्मेवारी दिइएको छ ।
यसअघि भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का रेशमबहादुर जुग्जाली र सामाजिक विकासमन्त्रीमा सुशीला सिम्खडा मन्त्री रहेका थिए ।