प्रतीकात्मक तस्वीर ।

अपराध

झापामा तीन लाख बराबरको धनमाल चोरी

By खबरहब

April 18, 2024

झापा– झापामा तीन लाख बराबरको धनमाल चोरी भएको छ ।

शिवसताक्षी नगरपालिका-९ बस्ने इन्द्र उप्रेतीको घरमा कोही नभएको अवस्थामा झ्याल फोडेर सुनका विभिन्न गहना तथा नगद गरी करिब ३ लाख ५७ हजार ७ सय रुपैयाँ बराबरको धनमाल मंगलबार राति चोरी भएको प्रहरीले जनाएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।