प्रतिकात्मक तस्वीर

आर्थिक

साताको अन्तिम नेप्से १९.५६ अंकले घट्यो

By खबरहब

April 18, 2024

काठमाडौं– साताको अन्तिम दिन नेपाल स्टक एक्चेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । शुक्रबार कारोबार बन्द हुँदासम्म नेप्से १९.५६ अंकले घटेको हो ।

शुक्रबार २ अर्ब ९ करोड ३६ लाख १२ हजार बराबरको ५३ लाख ४४ हजार ६१३ कित्ता शेयर ४० हजार ९१२ पटक किनबेच भएको छ । आज ३१५ कम्पनीको शेयर किनबेच हुँदा २७ कम्पनीको शेयर मूल्य बढ्यो भने २११ कम्पनीको शेयर घट्यो । ६ कम्पनीको शेयर भने स्थिर रहेको छ । 

आजको कारोबारमा १३ उपसमुहमध्ये सबै समूहको अवस्था नकारात्मक रह्यो । सेन्सेटिभ इन्डेक्स ३.०४ अंकले, फ्लोट इन्डेक्स १.१४ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.९७ अंकले घटेको छ ।