समाचार

गठबन्धनबाट सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका सोडारीको दाबी पेस 

By खबरहब

April 18, 2024

काठमाडौं– नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । 

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारीले दाबी पेस  गरेका हुन् । 

एमाले, माओवादी नेकपा एकीकृत समाजवादी र नाउपाको रञ्जिता पक्षका सांसदको समर्थनमा सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । 

प्रदेश प्रमुख नजिर मियाँले आज सम्मको लागी दलहरूलाई दाबी पेस गर्ने समय दिएका थिए ।

 

यसैबीच कांग्रेसले अहिले सुदूरपश्चिम दाबी र  कसैलाई समर्थन पनि नगर्ने बताएको छ । कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले हाल कुनै पनि कुरा संविधानसम्मत नभएकाले कानुनी उपचारमा जाने बताए । 

यसले यसअगाडि आफूले समर्थन गरेका घनश्याम चौधरीलाई मुख्यमन्त्री बनाउने कुरा संवैधानिक भनेको छ ।

उनलाई आजै मुख्यमन्त्रीमा नियुक्त गरिने तयारी छ ।