तस्बिर : स्न्यापच्याट

सूचना-प्रविधि

स्न्यापच्याटले एआईबाट बनाइएका फोटोमा छुट्टै वाटरमार्क लगाउने

By खबरहब

April 18, 2024

काठमाडौं– स्न्यापच्याटले एआईबाट बनाइएका फोटोहरूमा आफ्नाे बेग्लै वाटरमार्क लगाउने भएको छ ।  मंगलबार स्न्यापच्याटले स्न्यापको जेनेरेटिभ एआई उपकरणहरू प्रयोग गरेर सिर्जना गरिएका फोटोमा वाटरमार्क थपिने जनाएको हो ।

केही समय अगाडी मेटाले आफ्नो प्लेटफर्म फेसबुक, इन्स्टाग्राम र थ्रेर्डसमा पनि एआईबाट बनाइएका फोटोहरूमा लेबल अर्थात् वाटरमार्क लगाउन सुरु गरेको थियो । जसमा एआईबाट बनेका फोटोहरूमा एआई उल्लेख गरिएको वाटरमार्क राखिएको छ । तर, स्न्यापच्याट अलिक छुट्टै किसिमले वाटरमार्क लगाउने भएको छ ।

स्न्यापच्याटले एआई जनेरेटेड फोटोहरूमा आफ्नै बेग्लै वाटमार्क लगाउने भएको छ । एआई जेनेरेटेड फोटोहरूमा स्न्यापच्याटले सानो आफ्नै लोगोलाई सुन्दर किसिमले फोटोको माथिल्लो पट्टी राख्नेछ ।

जुन देख्दा निकै सुन्दर किसिमको देखिन्छ । सामान्य रूपमा हेर्दा स्न्यापच्याटले लगाएको वाटमार्क हो कि होइन भन्ने नै छुट्याउन नसकिने किसिमले बनाइएको छ ।

अन्तर्राष्ट्रिय मिडियाकाे सहयोगमा