देश/प्रदेश

तीनकुनेको अनियनमा एक रुपैयाँमा रोटी 

By खबरहब

April 18, 2024

काठमाडौं– काठमाडौंको तीनकुने स्थित हिपत फुड पोइन्ट कम्पनीद्वारा सञ्चालित अनियनमा भोलिदेखि १ रुपैयाँमा तन्दुरी रोटी पाउने भएको छ ।

अनियनका सञ्चालक कपिल पोखरेलले दिएको जानकारी अनुसार घरको लागि प्याकिङमा उक्त व्यवस्था नभएको तर बसेर खानलाई १ पिस तन्दुरी रोटी १ रुपैयाँ तिरे पुग्ने बताए ।

ग्राहकहरूको खानपिनको गुणस्तरलाई प्रमुख ध्यानमा राखी सम्पूर्ण व्यवस्था मिलाएको जानकारी सञ्चालक पोखरेलले दिए ।

विगत २० वर्षदेखि लुम्बिनी तन्दुरी भोजनालयको देशैभरी प्रभुत्व जमाउन सफल भएका पोखरेलले यो नयाँ योजना अहिलेको देशको मन्दिको परिस्थितिलाई ध्यानमा राखी गरिबहरु पनि भोको रहनु नपरोस् भनी ग्राहक बर्गको हितको लागि ल्याएको बताए