समाचार

पार्किङ गरिएको जहाज भित्रै भेटियो एक किलो सुन

By खबरहब

April 18, 2024

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ गरिएको जहाज भित्र नै एक किलो सुन फेला परेको छ ।

भारतको नयाँ दिल्लीबाट काठमाडौँ आएको इन्डिगो एयरको सिट पछाडीको पकेटभित्र १ किलो ७० ग्रामसुन फेला परेको हो ।

जहाजको सिट नम्बर २७ चार्लीको पछाडि तथा २८ चार्लीको अगाडि सिट पकेटको तलपट्टि कालो र सेतो रङको टेपले बेरिएको अवस्थामा सुन फेला परेको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी कृष्णहरि शर्माले जानकारी दिए । उक्त सुन कस्ले राखेको अझै पहिचान भएको छैन ।

उक्त जहाज बुधवार बिहान मात्र जहाज अवतरण गरेका थियो ।