राजनीति

सभामुखले दलका शीर्ष नेताहरुसँग छलफल गर्दै

By खबरहब

May 18, 2024

काठमाडौं– सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्ने भएका छन् ।

सभामुख घिमिरेको सचिवालयका अनुसार सभामुखले दिउँसो २ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न लागेका हुन् ।

सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठनका माग गर्दै कांग्रेसले संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा सत्तापक्ष र विपक्षबीच धकेलाधकेलको अवस्था सिर्जना भएको थियो ।