देश/प्रदेश

कारको ठक्करबाट पत्रकार रोहिताको मृत्यु

By खबरहब

May 18, 2024

जनकपुरधाम– कारकाे ठक्करबाट पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ ।

धनुषा प्रहरीका अनुसार आज बिहान ३ बजेतिर जनकपुरधामको थापाचोकमा बा २१ च ३३४३ नम्बरको कारले पत्रकार रोहिता सवार प्रदेश २ ज ५६९४ नम्बरको मोटरसाइकलमा ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

धनुषाको शहिदनगर नगरपालिका– ८ का बासिन्दा ३२ वर्षीय रोहिता राजधानी जनकपुर अनलाइनमा कार्यरत थिए ।

मोटरसाइकलमा पछाडि सवार २५ वर्षीय जयनाथ यादव घाइते भएका छन् । उनको जनकपुरस्थित सीता अस्पतालमा उपचार भइरहेको छ ।

कार र चालकलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।