राजनीति

वार्ता सकारात्मक, दुई-तीन वटा ड्राफ्टका विषयमा छलफल भयो : प्रधानमन्त्री सचिवालय 

By खबरहब

May 18, 2024

काठमाडौं– अवरुद्ध संसद् खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँग गरेको वार्ता सकारात्मक भएको बताइएको छ । 

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति खड्का, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक लगायतका नेताहरूले छलफल गरेका थिए । 

प्रधानमन्त्रीको सचिवालयले भन्यो, ‘अवरुद्ध संसद् खुलाउने विषयमा शुक्रबार भएका दुई तीन वटा ड्राफ्टका विषयमा पनि कुरा भयो । छलफल सकारात्कमक छ ।’ 

सचिवालयका अनुसार प्रधानमन्त्रीले अहिले सत्ता गठबन्धनको बैठक राखेर पुन: कांग्रेस नेताहरूसँग पनि छलफल गर्ने छन् । 

सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने मुछिएको भन्दै कांग्रेसले निरन्तर सदन अवरोध गरिरहेको छ ।