तस्बिर : एपी

अन्तर्राष्ट्रिय

अफगानिस्तानमा गोली हानाहान हुँदा तीन स्पेनीको मृत्यु 

By खबरहब

May 18, 2024

अफगानिस्तान– मध्य अफगानिस्तानको बाम्यान प्रान्तमा शुक्रबार भएको गोली हानाहानमा मारिनेमा तीन जना विदेशी स्पेनिस नागरिक भएको पुष्टि भएको छ ।

जसमध्ये दुई जना महिला र एक जना पुरुष रहेको स्थानीय प्रहरी अधिकारीले शनिबार बताएका छन् । 

सो घटनामा स्पेन, नर्वे, अस्ट्रेलिया र लिथुआनियाका चार विदेशी नागरिक पनि घाइते भएको बाम्यानका प्रान्तीय प्रहरी प्रवक्ता मुहम्मद खवानी रसाले बताए।  

विदेशी नागरिक बाहेक गोली हानाहानमा एक अफगानी नागरिक मारिनुका साथै अन्य तीन अफगानी घाइते भएको आन्तरिक मामिला मन्त्रालयका प्रवक्ता मुफ्ती अब्दुल मतीन कानीले सामाजिक सञ्जाल एक्समा बताएका छन् । 

सो घटनाको अनुसन्धानका क्रममा चार सन्दिग्धलाई पक्राउ गरिएको पनि कानीले उल्लेख गरेका छन् ।