देश/प्रदेश

दाङमा खोलामा डुबेर एक बालकको मृत्यु

By खबरहब

May 18, 2024

दाङ – दाङस्थित अर्जुनखोलामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ।

लमही नगरपालिका–६ कुलमोहरस्थित अर्जुन खोलामा पौडी खेल्ने क्रममा लमही नगरपालिका–५ आदर्श टोल निवासी वसन्तराज भण्डारीका १३ वर्षीय छोरा विवेक भण्डारीको डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ।

साथीहरू मिलेर नुहाउन गएका पौडेल अर्जुनखोलामा डुबेका थिए। सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले पानीमा डुबेका पौडेलको खोजी गरेको थियो।

मृत अवस्थामा फेला परेका पौडेलको शवपोष्टमार्टमका लागि लमही अस्पतालको शव गृहमा राखिएको छ।