समाचार

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

By खबरहब

May 18, 2024

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन समिति बनाउन सहमति जुटेको छ ।

तर कस्तो किसिमको समिति बनाउने, व्यक्तिको नाम किटान गर्ने कि समग्र सहकारीमा केन्द्रीत हुने भन्ने बारेमा बिहान ११ बजे सम्म निर्णय हुने बताइएको छ ।

छानबिन समितिको कार्यादेश (टिओआर) निमार्णका लागि सत्ता पक्ष र प्रतिपक्षी दल कांग्रेसले चार सदस्य कार्यदल गठन गरेको छ । सो कार्यदलको संयोजक रहेका कानूनमन्त्री पदम गिरीले खबरहबलाई भने, ‘कार्यदलले न्यायोचित सुझाव दिन्छ । किनकि कार्यदलमा कानूनबारे जनकार साथीहरू हुनुहुन्छ ।’

उनले कार्यदलले कुनै पनि कुरामा वायस भएर अथवा विवाद हुने तरिकाले निर्णय नगर्ने समेत बताए । उनले भने, ‘भोली १०ः३० अथवा ११ बजेसम्ममा कस्तो किसिमको समिति बनाउने साथीहरूसँग छलफल गरेर सुझाप दिन्छौँ ।’

टीओआरका संयोजक मन्त्री गिरीले भने, ‘कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ’