खेलकुद

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

By खबरहब

May 18, 2024

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू (आरसिबी)ले चेन्नई सुपर किग्न्सलाई २१९ रनको लक्ष्य दिएको छ ।

एम चिन्नास्वामी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बैंगलोरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २१८ रन बनाएको हो ।

उसका लागि कप्तान फाफ डु प्लेसिस अर्धशतक प्रहार गरे । ३९ बलको सामना गरेका डु प्लेसिसले तीन छक्का र तीन चौकाको मदतले ५४ रन बनाए । यस्तै विराट कोहली ४७, रजत पाटीदार ४१, क्यामरन ग्रिन ३८, ग्लेन म्याग्स्वेलले १६ रन बनाए ।

चेन्नईका लागि सार्दुल ठाकुरले दुई तथा मिचेल सेन्टनर र तुषार देशपाण्डेले एक/एक विकेट लिए ।

प्लेअफमा पुग्नका लागि चेन्नईले २०० रन कटाउनु पर्ने छ ।