मैदान प्रवेश गर्दै अफगानिस्तान र वेस्ट इन्डिजका कप्तान । तस्बिरः क्रिकइन्फो

क्रिकेट

विश्वकपमा अफगानिस्तानविरुद्ध ब्याटिङ गर्दै वेस्ट इन्डिज

By खबरहब

June 18, 2024

काठमाडौं – आईसीसी टी-२० विश्वकप अन्तर्गत अहिले वेस्ट इन्डिज र अफगानिस्तानको खेल जारी छ। समूह ‘सी’मा तीन खेलसम्म अपराजित रहँदै सुपर ८ प्रवेश गरेका दुई टिमको प्रतिस्पर्धालाई महत्त्वका साथ हेरिएको छ।

समान ६ अंक बनाए पनि रनरेटका आधारमा अफगानिस्तान शीर्ष स्थानमा छ भने वेस्ट इन्डिज दोस्रो स्थानमा छ। हारजितले कुनै ठुलो उपलब्धि हात नलागे पनि यो खेललाई प्रतिष्ठाको लडाइँको रुपमा हेरिएको छ। वेस्ट इन्डिजर र अफगानिस्तान दुवै टिम अपराजित रहँदै सुपर ८ खेल्न चाहन्छन्।

समूह चरणमा यसअघि भएका खेलमा अफगानिस्तानले युवान्डालाई पहिलो खेलमा १२५, दोस्रो खेलमा न्युजिल्यान्डलाई ८४ र तेस्रो खेलमा पपुवा न्युगिनीलाई ७ विकेटले हराउँदै विश्वकपको सुपर ८ पुगेको हो।

वेस्ट इन्डिजले भने पहिलो खेलमा पिएनजीमाथि ५ विकेटको जित निकालेको थियो भने दोस्रो खेलमा युगान्डाविरुद्ध १३४ रनले विजयी भएको थियो। तेस्रो खेलमा न्युजिल्यान्डलाई १३ रनले हराएको वेस्ट इन्डिज अपराजित रहँदै सुपर ८ खेल्न चाहन्छ।

प्रतिष्ठाको लडाइँका रुपमा हेरिएको खेलको टस जितेर अफगानिस्तानले फिल्ड रोजेपछि वेस्ट इन्डिजले सुरुमा ब्याटिङ गरेको छ। उसले दुई ओभरको समाप्तिमा एक विकेट गुमाएर २२ रन जोडेको छ।