अन्य

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्यिनसिप आजदेखि

By खबरहब

June 18, 2024

काठमाडौं– सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप आजदेखि सुरु हुँदैछ । गोकर्ण गल्फ क्लवमा हुने प्रतियोगिता शुक्रवारसम्म चल्नेछ ।

७२ होलको प्रतियोगिताका विजेताले २ लाख ७५ हजार, उपविजेताले १ लाख ७५ हजार, तेस्रोले १ लाख २२ हजार, चौथोले १ लाख २ हजार र पाँचौँ हुनेले ८८ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

यसैगरी शिर्ष २१ भित्र पर्ने गल्फरले पनि नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा दुई चरणको समाप्तीपछि कट लागु हुनेछ ।

जसबाट शीर्ष २१ प्रोफेसनल तथा कट बनाउन एम्योचर गल्फरले अन्तिम ३६ होलमा प्रतिष्पर्धा गर्न पाउने आयोजकले जनाएको छ ।