खेलकुद

युरोकप २०२४ : अष्ट्रियामाथि फ्रान्सको जित

By खबरहब

June 18, 2024

काठमाडौं– जर्मनीमा जारी युरोकप फुटबलमा फ्रान्सले विजयी सुरुवात गरेको छ । आज बिहान सम्पन्न समूह ‘डी’ को खेलमा अष्ट्रियालाई १– ० गोलले हराउँदै फ्रान्स विजयी भएको हो ।

अष्ट्रियाले गरेको आत्मघाती गोलका कारण फ्रान्सले जित निकालेको हो । अष्ट्रियाका म्याक्सिमिलेन वेबरले खेलको ३८औँ मिनेटमा आत्मघाती गोल गरेका थिए ।

त्यसपछि दुवैतर्फबाट थप गोल नहुँदा फ्रान्स १–० गोलले विजयी बन्यो । टोलीका कप्तान केलियन एमबाप्पे खेलको ९०औँ मिनेटमा घाइते भएका थिए ।

विपक्षी खेलाडीसँग ठोक्किँदा उनको नाकमा चोट लागेको थियो । चोट लागेपछि उनलाई अस्पताल लगिएको थियो । अस्पतालले उनको नाकको शल्यक्रिया गर्नुपर्ने जनाएको छ ।

यो पनि… स्लोभाकियासँग बेल्जियम स्तब्ध

युरोकपमा रोमानियाको सानदार सुरुवात