खेलकुद

स्लोभाकियासँग बेल्जियम स्तब्ध

By खबरहब

June 18, 2024

काठमाडौं– युरोकप फुटबल अन्तर्गत समूह ‘ई’ को खेलमा बेल्जियम स्लोभाकियासँग स्तब्ध बनेको छ । गएराति भएको खेलमा बेल्जियम स्लोभाकियासँग १–० गोलले स्तब्ध बनेको हो ।

स्लोभाकियाका इभान सरान्जले एक गोल गरेका थिए । उनले खेलको सातौँ मिनेटमा गरेको गोल नै जितका लागि निर्णायक बनेको थियो ।

खेलमा बेल्जियमले पटकपटक अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न नसक्दा हार बेहोर्न बाध्य भयो । रोमेलु लुकाकुले दुई पटक गोल गरे पनि त्यसलाई अफसाइड मान्दै रद्द गरिएको थियो ।

यो जितसँगै स्लोभाकिया समूहको दोस्रो स्थानमा छ । गोल अन्तरका आधारमा रोमानिया शीर्षस्थानमा छ ।