खेलकुद

युरोकपमा रोमानियाको सानदार सुरुवात

By खबरहब

June 18, 2024

काठमाडौं– युरोकप फुटबलमा रोमानियाले सानदार सुरुवात गरेको छ । गएराति जर्मनीको म्युनिखमा भएको समूह ‘ई’ अन्तर्गतको खेलमा युक्रेनलाई ३–० गोलले हराउँदै रोमानियाले जित निकालेको हो ।

रोमानियाका लागि निकोलाई स्टानसिउ, राजभान मारिन र डेनिस ड्रागुसले एक–एक गोल गरेका थिए ।

खेलको २९औँ मिनेटमा रोमानियाका स्टानसिउले सुरुवाती गोल गरेका थिए । त्यसपछि ५३औँ मिनेटमा राजभान र ५७औँ मिनेटमा डेनिसले गोल गरेका थिए ।

यो जितसँगै रोमानिया ३ अंक जोडेर समूहको शीर्षस्थानमा रहेको छ । यो समूहमा बेल्जियम र स्लोभाकिया पनि छन् ।