समाचार

सर्पदंशको निःशुल्क उपचार

By खबरहब

June 18, 2024

महोत्तरी– महोत्तरीको बर्दिवास नगरपालिका–३ मा शर्पदंशको नि:शुल्क उपचार गरिने भएको छ ।

सर्पले डसेमा वडा नम्बर ३ का नागरिकको निःशुल्क उपचार गरिने वडाध्यक्ष विराट विष्टले बताए।

सोमबार गौरिडाँडास्थित सर्पदंश उपचार केन्द्रमा आयोजित एक कार्यक्रममा बोल्दै वडाध्यक्ष विष्टले पैसा अभावमा कोही नगरवासी उपचारबाट वाञ्चित हुन नपर्ने बताए ।

कार्यक्रममा प्रारम्भिक चरणमा ३० हजार बराबरको औषधि र स्वास्थ्य सामग्रीसमेत वितरण गरिएको थियो ।

वडावासीको चाहना बमोजिम सर्पदंश उपचार निःशुल्क गरिएको उनको भनाई छ ।

सर्पदंश उपचार केन्द्रका अध्यक्ष कृष्ण देवकोटाले अध्यक्ष विष्टले गरेको निर्णय निक्कै सकारात्मक भएको बताउँदै अन्य वडाले पनि यसबाट सिक्नुपर्ने धारणा राखे। वडा नम्बर ३ मा झण्डै १३ हजार मानिस बसोबास गर्छन् ।