समाचार

साँफे–मार्तडी सडक अवरुद्ध

By खबरहब

June 18, 2024

अछाम– पहिरोले सडक पुर्दा अछामको साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भएको छ। गएराति साँफेबगर नगरपालिका–१३ इग्रीखोला नजिकै पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले स्थानीय तहसँगको समन्वयमा अवरुद्ध भएको सडक खुलाउने पहल भइरहेको बताए।

सडक अवरुद्ध भए लगत्तै राती नै घुगुरकोट प्रहरी चौकीबाट प्रहरी खटिए पनि जेसीबीले पहिरो पन्छाउनु पर्ने भएकोले सम्भव नभएको उनको भनाइ छ।

सडक अवरुद्ध भएपछि बाजुरा जाने र बाजुराबाट अन्य जिल्ला जाने यातायात अवरुद्ध भएका छन्।