आर्थिक

सुनको मूल्य स्थिर, चाँदीमा बढ्यो

By खबरहब

June 18, 2024

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन १ लाख ४२ हजार २०० र तेजाबी सुन १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन सोमबार पनि आजकै मूल्यमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने सामान्य बढेको छ । आज चाँदी तोलाको १५ रुपैयाँ बढेर तोलामा १८ सय १५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।